१५ मे देखि स्पेन भित्रिने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

स्पेन सरकारले यहि १५ मे शुक्रवार देखि स्पेन प्रवेश गर्ने सबैलाई १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्ने बताएको छ। आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्ने र अति आवश्यक काम खाद्यान्न तथा औषदी किनमेल गर्न र अस्पताल जान मिल्ने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने राष्ट्रिय समाचार एजेन्सी (BOLETÍN OFICIAL DEL ESTADO) ले जनाएको छ।