४० औ हजार भूकम्पका पराकम्पन पछि अन्तत आइसल्याण्डमा ज्वालामुखी बिष्फोट

प्रकाश तिवारी, रेक्याभिक आइसल्याण्ड

आइसल्याण्डको राजधानी रेक्याभिक देखि ४० किलोमिटर टाढा ज्वालामुखी विस्फोट भएको छ । रेक्यानेस प्रायद्वीपको फाग्राडाल्स्फजलको पहाड नजिक बिष्फोट भएको ज्वालामुखी बाट निस्कीएको लाभाले ५०० देखि ७०० मिटरको क्षेत्रफल ओगटेको छ।उक्त स्थानमा यस भन्दा अगाडी करिव ८०० बर्ष पहिले ज्वालामुखी बिष्फोट भएको जनाईएको छ।

आइसल्याण्डमा गएको ४ हप्तामा ४० हजार भन्दा बढी पटक भूकम्प र त्यसका पराकम्पनहरु गएका थिए, भने केहि स्थानहरुमा नागरिकहरुलाई उच्च सतर्कतामा समेत राखिएको थियो।

आइसल्याण्डमा २०१० ताका भएको ज्वालामुखीका कारण युरोपभर हवाई यातयातमा समेत रोक लगाईएको थियो तर यसपटक भने ज्वालामुखी बिष्फोटमा धुवाँ र खरानीको मात्रा धेरै नदेखिएको हुदाँ हवाई उडानमा अबरोध नहुने जनाईएको छ।

आइसल्याण्डको मौसम बिभागका अनुसार शुक्रवार बिहान ८:४५ मा बिष्फोट भएको थियो बिष्फोट भएको स्थानमा कुनै बस्ति नभएकोले कुनै मानवीय क्षति भने भएको छैन।

ज्वालामुखी बिस्फोट भएको ठाउँ देखि नजिकै रहेको ग्रिण्डाभिक शहरका केहि स्थानीय संग कुरा गर्दा उनीहरु गयको ४ हप्ता २-३ घण्टा पनि सुत्न नसकेको जतिबेला पनि डर र त्रास मा नै रहेको बताएका थिए।

ज्वालामुखी बिष्फोट भएपछि उक्त स्थान अवलोकन गर्नका लागि शुक्रवार देखिनै मानिसहरु त्यसतर्फ गएका छन्।

ज्वालामुखी बिष्फोट भएको ठाउँ अवलोकन गर्ने क्रममा खिचिएका केहि तस्बिरहरु।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top