२५ मे देखि स्पेनका सम्पूर्ण भूभाग प्रथम चरण र केहि भाग दोश्रो चरणमा नक्सा सहित

स्पेन सरकारले बिभिन्न ४ चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना अनुरुप अहिले स्पेनका केहि भूभाग दोश्रो चरणमा प्रवेश गरिसकेका छन भने यहि सोमबार २५ मे देखि स्पेनका सम्पूर्ण भूभाग प्रथम चरणमा प्रवेश गर्नेछन भने पहिला नै प्रथम चरणमा भएका मध्यका केहि भूभागहरु दोश्रो चरणमा प्रवेश गर्ने भएका छन्।

यहि २५ मे सोमबार देखि प्रथम चरण तथा दोश्रो चरणमा प्रवेश गर्ने क्षेत्रहरु यो नक्सामा (Map) हेर्न सक्नु हुन्छ।

प्रथम चरणमा के के गर्न पाइन्छ ?

  • हिडडुल तथा व्यायाम गर्ने समय पहिलाकै यथावत रहने छ तर मौसमको परिस्थिति हेरेर सम्बन्धित क्षेत्रमा समय परिवर्तन पनि हुन सक्नेछ। त्यसैले आफ्नो क्षेत्रमा बुझ्नुहोला। साथै कुनै नगरपालिकामा १० हजार भन्दा कम जनसंख्या भएमा समयको पावन्दी हुने छैन।
  • १० जना सम्मको समुह आवश्यक सामाजिक दुरी तथा मास्कको प्रयोग गरि घर भित्र वा बाहिर भेटघाट जमघट गर्न सक्नेछन। भने एउटै province भित्र आवश्यकता अनुसार आवत जावत गर्न सक्नेछन।
  • ४०० स्क्वायर मिटर बराबरका साना ब्याबसायहरु बिना बुकिङ्ग संचालन गर्न सक्नेछन् भने ३० प्रतिसतको क्षमताको दायरामा रहेर सेवा संचालन गर्नु पर्ने छ। त्यसै गरि ६५ बर्ष माथिका उमेर समुहका लागि प्राथमिक समयमा सेवा दिनु पर्नेछ।
  • सांस्कृतिक कार्यक्रमहरु भित्री कार्यक्रममा ३० जना र बाहिर आयोजना हुने कार्यक्रममा क्षेत्रफल हेरेर २०० जना सम्म उपस्थित हुन् सक्नेछन।
  • फुटपाथ तथा क्याफे रेस्टुरेन्टहरुको टेरेसहरु ५० प्रतिसतको क्षमतामा संचालन गर्न सक्नेछन्।
  • पुजा आराधाना गर्न धार्मिक स्थलहरु ३० प्रतिशतको क्षमता सहित संचालन गर्न सकिने तर कुनै पनि बस्तु Share गर्न नपाइने।
  • होटेल तथा पर्यटक आवासहरु संचालन गर्न मिल्छ तर उनीहरुले होटलमा संचालित बफेट लगायतका सार्वजनिक सेवाहरु बन्द गर्नु पर्ने हुन्छ।

दोश्रो चरणमा के के गर्न पाइन्छ ?

  • ७० बर्ष भन्दा कम उमेरका व्यक्तिहरु बिहान १० देखि मध्यान्ह १२ तथा साँझ ७ देखि ८ बजे बाहेकको समयमा बाहिर हिडडुल तथा खेलकुद गर्न पाउछन।
  • १५ जना सम्मको समुह आवश्यक सामाजिक दुरी तथा मास्कको प्रयोग गरि घर भित्र तथा बाहिर भेटघाट तथा जमघट गर्न सक्नेछन। त्यस्तै अन्य प्राकृतिक, पर्यटन गतिबिधिका लागि २० जना सम्म जम्मा हुन् पाउने जनाइएको छ भने व्यापारिक बैठक सभा सम्मेलन लगायतका कार्यका लागि २ मिटरको सामाजिक दुरी कायम गरि ५० जनासम्म सहभागी हुन् पाउने जनाईएको छ ।
  • एउटै province भित्र अथवा आफ्नो दोश्रो घर रहेको ठाउँमा आवश्यकता अनुसार आवत जावत गर्न सक्नेछन।
  • स्टोर तथा ब्याबसायहरु ४० प्रतिशत क्षमतामा सहित खोल्न पाउनेछन् भने ६५ बर्ष बढी उमेर समुहका ग्राहकलाई भने बिशेष समयको ब्यबस्था गर्नु पर्ने।
  • खुला आकाशमुनी संचालित ब्यावसायहरु एक तिहाइ क्षमतामा संचालन गर्न मिल्ने।
  • सपिङ्ग मलहरु पनि ३० प्रतिशतको क्षमता भित्र संचालन गर्न पाउने तथा सपिङ्ग मल भित्रका प्रत्येक पसलहरुले ४० प्रतिसत क्षमताको सेवा संचालन गर्न पाउने।
  • बार तथा रेस्टुरेन्टहरु भित्र तथा बाहिर संचालन गर्न पाउने भित्र टेवल सर्भिस गर्न पाउने त्यसका लागि ४० प्रतिशत क्षमता कायम गर्नु पर्ने र सकेसम्म पहिला नै बुकिङ्ग गर्न गराउन सुझाव दिएका छन्।
  • बारमा Self-service को अनुमति छैन।
  • Nightclubs र रात्रीकालिन बार संचालनका लागि अनुमति दिएको छैन।
  • होटलहरुका सार्वजिनक क्षेत्रहरु एक तिहाइ क्षमता कायम गरि खोल्न मिल्ने।
  • स्विमिंग पुलहरू indoor तथा outdoor दुवै ३० प्रतिसत क्षमता कायम गरि खुल्ने भएका छन् । त्यसका साथै समुन्द्री तटमा पनि नुहाउने तथा पौडी खेल्न मिल्ने छ तर स्वाथ्य मन्त्रालयले निर्दिष्ट गरेका स्वास्थ्य तथा सरसफाई सम्बन्धि नियमहरुको पालना गर्नु पर्ने छ।
  • केहि क्षेत्रहरुमा ६ बर्ष मुनिका बालबालिकाहरुका लागि मात्र स्कुल खुल्ने भएका छन् भने धेरै जस्तो राज्यहरुका शिक्षा निर्देशकहरुले भने स्वास्थ्य सुरक्षाको अनुभुति गराउन नसकिने भनि पहिला नै प्रधान मन्त्रीको प्रस्ताव नै अश्विकार गरिदिएका थिए ।
  • सिनेमा तथा थियटरहरु एक तिहाइ क्षमता कायम गरि संचालन गर्न मिल्ने।
  • खुला आकासमुनीका कन्सर्ट लगायतका सार्वजनिक कार्यक्रमहरु सामाजिक दुरी कायम गरि ठाउँको क्षमता हेरेर ४०० जना सम्म सहभागी हुन् सक्ने।
  • पुजा तथा प्रार्थना गर्ने धार्मिक स्थलहरुको क्षमता ५० प्रतिशत।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top