
स्पेन सरकारले यहि १५ मे शुक्रवार देखि स्पेन प्रवेश गर्ने सबैलाई १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्ने बताएको छ। आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्ने र अति आवश्यक काम खाद्यान्न तथा औषदी किनमेल गर्न र अस्पताल जान मिल्ने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने राष्ट्रिय समाचार एजेन्सी (BOLETÍN OFICIAL DEL ESTADO) ले जनाएको छ।