स्पेन सरकारले यहि २१ मे बिहिबार देखि मास्क अनिवार्य गरेको छ। यस अगाडी सार्वजनिक यातयातमा मास्क लगाउन अनिवार्य गरेको भए पनि २१ मे देखि ६ बर्ष तथा माथिका सबैले सार्वजनिक तथा बन्द सबै स्थल जहाँ २ मिटर बराबरको सामाजिक दुरी कायम गर्न सकिदैन त्यहाँ अनिवार्य रुपमा मास्क लगाउन पर्ने सूचना जारी गरेको छ।
कसले मास्क लगाउनु पर्दैन ?
१. यदि कसैलाई स्वाश प्रस्वास सम्बन्धि समस्या छ भने मास्क लगाउँदा झन् बढी असर गर्ने हुदाँ उनीहरुले लगाउन पर्दैन।
२. खेलकुद, व्यायम तथा अन्य बिशेष काम गर्ने ब्यक्तिहरुलाई खेलकुद गतिबिधि चलुन्जेल मास्क लगाउन पर्दैन।
३. त्यस्तै अन्य व्यक्तिहरु जसलाई मास्कका कारण अफ्ट्यारो हुने परिस्थितिलाई पुष्टि गर्ने कारण छ भने उनीहरुले पनि मास्क लगाउन पर्दैन।
४. स्वास्थ्य मन्त्रालयले ३ देखि ५ बर्षका बालबालिकालाई अनिवार्य नगरे पनि मास्क लगाउन सिफारिश गरेको छ।
४. मास्क सके सम्म सर्जिकल नत्र जस्तो लगाए पनि नाक र मुख छोपिने हुनुपर्ने जनाएको छ।
५. संकटकालको अबधिमा सरकारले निर्दिष्ट गरेका नियम उल्लघन गरेमा जरिवाना गर्ने पनि जनाएको छ।