-स्पेनमा भर्खरै चौथो २४ मे सम्मका लागि भनेर चौथो पटक लकडाउन थपिए पनि लकडाउनलाई बिभिन्न ४ चरणमा खुकुलो बनाउँदै लैजाने योजना अनुसार अगाडी बढिरहेको छ। स्पेनका अधिकांस भागमा मे को ४ देखि शुन्य चरण शुरु भएको थियो भने आगामी ११ मे बाट प्रथम चरणमा प्रवेश गर्ने भनिए पनि केहि भागहरुमा भने अझै पनि पहिलो चरणमा प्रवेश गराउन ठिक नरहेको भनि पुन: शुन्य चरणमै यथावत रहने बताइएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा ११ मे सोमवार देखि पहिलो चरणमा प्रवेश गर्न योग्य ठाउँहरु यसरी उल्लेख गरेको छ हेर्नुहोला।

माथि स्वास्थ्य मन्त्रालयद्वारा उल्लेख गरिएका ठाउँहरु बाहेकका ठाउँहरु प्रथम चरणमा प्रवेश गर्न योग्य छैनन् आफ्नो ठाउँ पर्छ पर्दैन राम्रो संग हेर्नुहोला साथै Formentera, La Gomera, El Hierro र La Graciosa टापुहरु भने पहिला देखि नै प्रथम चरणमा थिए ।
नक्सामा पनि हेर्नुहोस् कुन ठाउँ पहलो चरणमा छ र कुन ठाउँ शुन्य चरणमा रहेको छ।
स्पेनको भ्यालेन्सिया क्षेत्रमा प्रथम चरणमा प्रवेश गर्ने र नगर्ने ठाउँका केहि नक्साहरु प्रस्तुत छन्।


यो पनि हेर्नुहोस्। स्पेनमा लकडाउन ४ चरणमा खुकुलो पारिने (ग्राफिक्स सहित)