स्पेनमा सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गर्न र रात्रीकालिन बार, डिस्को तथा नाइटक्लवहरु पूर्ण रुपमा बन्द गरिने भएको छ। कोरोनाको सक्रमणमा बृद्वी भए संगै शुक्रवार बिहान स्पेनका स्वास्थ्यमन्त्रि साल्भाडोर इलाले प्रेस सम्मेलन गर्दै यस्तो निर्णयको घोषणा गरेका हुन्। स्वास्थ्यमन्त्री इलाले धुम्रपानका लागि जबसम्म सुरक्षाको दुरी कायम गर्न सकिदैन तवसम्म धुम्रपान गर्न नपाइने बताएका छन्।
त्यसैगरी बार तथा रेस्टुरेन्टहरुमा १.५ मिटर दुरीको ग्यारेन्टी गर्नुपर्ने र प्रति टेबलमा १० जनाको अधिकतम सिमा निर्धारण गर्नु पर्ने बताईएको छ भने बार बन्द हुने समय बिहान १ बजेलाई तोकिएको छ। साथै ग्राहकहरुलाई १२ बजे पछि प्रवेश निषेध गर्ने र अर्डर लिन पनि बन्द गर्नुपर्ने जनाइएको छ। Source: