कोभिड-१९ को महामारीबाट आक्रान्त देश स्पेनमा छैठौं पटक लकडाउन थपिएको छ र यस पटक थपिएको लकडाउन अन्तिम पटक थपिएको भन्दै आगामी जुनको २१ तारिख सम्म लम्ब्याइएको छ।
बुधवार दिनभरि प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको संसदमा लकडाउन थप्न पेश गरेको प्रस्तावमा छलफल गरिएको थियो। प्रधानमन्त्रीको लकडाउन प्रस्ताव संगै बिभिन्न बिपक्षी पार्टीहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए।
बिपक्षी पार्टीका नेताहरुले पेड्रो सान्चेज अहिले सम्मकै खराव प्रधानमन्त्री रहेको आरोप लगाउँदै कोरानाको महामारी रोक्न सफल नभएको, देशको अर्थतन्त्र गिराएको, दिन प्रतिदिन बिदेशी कम्पनिहरु बन्द हुने स्थितिमा पुगेको र बेरोजगारी बढाईरहेको आरोप लगाएका थिए।
विपक्षीको आरोपको खण्डन गर्दै प्रधान मन्त्रि सान्चेजले हामिले अत्यन्तै खराव परिस्थिति पार गरि सकेको र पछिल्लो दुइ दिनमा एक जनाको पनि मृत्यू नभएको बताउँदै अव यो परिस्थिति बाट छिट्टै पाउनुका साथै सरकारले रिकभरी योजना अगाडी सारेको र सम्पूर्ण पार्टीहरुसंग राजनीतिक एकता गर्दै युरोपियन युनियनमा समेत दवाव दिनुपर्ने र युनियन बाट १४० बिलियन ऋण सहयोगको माग गर्ने समेत जनाएका थिए।
श्रोत: स्पेनस्थित बिभिन्न समाचार एजेन्सी