कोभिड-१९ को महामारीबाट आक्रान्त देश स्पेनमा चौथो पटक लकडाउन थपिएको छ। चौथो पटकको लकडाउन बढाउनका लागि प्रधानमन्त्री पेड्रो सान्चेजलाई बिरोधि पार्टीको समर्थन जुटाउन हम्मे हम्मे परेको थियो। अल्पमतको सरकारको नेतृत्व गरेका उनलाई अन्तिममा बिरोधी पार्टीको समर्थन मिलेपछि सरकारको तल्लो सदनले संकटकाल थप्ने उनको प्रस्तावलाई पारित गरेको छ। यस संगै स्पेनमा चौथो पटक थप गरिएको संकटकालको अबधि मे महिनाको २४ तारिख सम्म रहने छ, भने यस अघि बिभिन्न ४ चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना यथावत नै रहे पनि केहि अति प्रभावित क्षेत्रमा भने परिस्थिति अनुसार स्थिति फरक रहने बताईएको छ।
