स्पेनको लकडाउन ७ जुन सम्मलाई थपियो

कोभिड-१९ को महामारीबाट आक्रान्त देश स्पेनमा पाँचौं पटक लकडाउन थपिएको छ र यस पटक थपिएको लकडाउन जुनको ७ तारिख सम्म रहने छ। पाचौं पटकको लकडाउन बढाउनका लागि प्रधानमन्त्री पेड्रो सान्चेजलाई लाई १७७ भोट मिलेको थियो।

अहिले स्पेनमा लकडाउन बिभिन्न चरणमा खुलीरहेको छ। सरकारले बिभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना अनुरुप अहिले स्पेनका केहि भूभाग दोश्रो चरणमा प्रवेश गरिसकेका छन भने करिव ७० प्रतिशत भूभाग प्रथम चरणमा प्रवेश गरेका छन्। स्पेनको राजधानी म्याड्रिड, बार्सिलोना सहित कास्तिया र लियोनका करिव १७६ स्वास्थ्य केन्द्रहरु अहिले सम्म पनि शुन्य चरणमै रहेका छन्।

यसै बीच म्याड्रिडको समुदायले आफुँहरुले लकडाउन खुकुलो बनाएर प्रथम चरणमा प्रवेश गर्न पाउनु पर्ने भन्दै दोश्रो पटक सम्म केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयमा अनुरोध गरेको र उक्त अनुरोधलाई नकारात्मक प्रतिक्रिया दिदैं स्वास्थ्य मन्त्रालयले अस्विकार गरेको भन्दै म्याड्रिड राज्यले सर्वोच्च अदालतमा अपिल गरेको स्पेन स्थित विभिन्न संचार माध्यमले जनाएका छन्।

श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top