सेमीफाइनलका लागि छानिएका प्रतियोगीहरुले अपनाउनु पर्ने नियमहरु

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले आयोजना गरेको “इनास ग्लोवल बिश्वब्यापी नृत्य तथा गायन प्रतियोगिताको सेमीफाइनल चरणमा प्रवेश गर्ने दुवै विधाका ५० -५० जना प्रतियोगीहरुले भिडियो बनाउँदा अपनाउनु पर्ने नियमहरु यस्ता रहेका छन् भने भिडियो पठाउने अन्तिम मिति अगस्ट १ लाई तोकिएको छ।

सेमीफाइनल चरणका लागि छानिएका प्रतियोगीहरुले आगामी चरणका लागि अपनाउनु पर्ने नियमहरु यसप्रकार रहेका छन्।

  • भिडियो एक सटमा खिचिएको र सम्पादन नगरिएको हुनुपर्नेछ।
  • गायन विधाका प्रतियोगीहरूले अनिवार्य रुपमा इन्स्ट्रुमेन्ट बजाएर अथवा ट्रयाकमा गीत गाउनुपर्ने छ र गीत गाउदा माइक्रोफोन प्रयोग गरिएको हुनुहुने छैन।
  • प्रतियोगीले आफ्नो इच्छा अनुसार लोक, आधुनिक, शास्त्रीय लगायतका नेपाली भाषाका गीतहरु गाउन पाउनेछन।
  • नृत्य विधाका प्रतियोगीहरुले लोक, आधुनिक सबै प्रकारका गीतमा नृत्य गर्न सक्नुहुनेछ।
  • न्युनतम १ मिनट ३० सेकेण्ड र अधिकतम ३ मिनट भन्दा बढि समयको नृत्यलाई स्वीकार गरिनेछैन।
  • प्रतियोगीले पठाउने गीतको भिडियो टिकटकको जस्तो ठाडो पारेर खिचिएको पाइएमा त्यसलाई स्वीकार नगरिने हुदा कृपया तेर्सो पारेर भिडियो बनाइ पठाउनुहुन अनुरोध गरिन्छ ।
  • लाइक्सबाट पनि अंक प्राप्त गर्ने प्रावधान भए बमोजिम बढि लाइक्स प्राप्त गर्ने उद्देश्यले भोडियोलाई स्पोन्सर गरिएको वा फेक आइडिहरुबाट लाइक प्राप्त (अटोलाइक प्राप्त ) गरिएको पाइएमा त्यस्ता भिडियोहरुलाई इनासको टेक्निकल टिमले तत्काल प्रतियोगिताबाट बाहिर गर्नेछ।
  • छनौट भएका प्रतियोगीहरुले १ अगष्ट, २०२० भित्र सेमीफ़ाइनल चरणको लागि नृत्य वा गायनको नयाँ भिडियो iartistsociety@gmail.com मा पठाइसक्नुपर्नेछ।
  • Note 📝 Vidoe submission date for semi final round 1st August 2020 (22:00 european time)

यो पनि हेर्नुहोस्

इनास ग्लोवलको अनलाइन प्रतियोगितामा सेमी फाइनलका लागि प्रतियोगी छानिए (रिजल्ट सहित)

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top