स्पेनमा कोरोना भाइरसको महामारीका कारण देशमा लगाइएको संकटकाल र त्यसको कमजोर ब्यबस्थापनले देशमा स्वास्थ्य, सामाजिक तथा आर्थिक संकट निम्ताएको भन्दै शनिवार मध्यान्ह देशका म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया, बिलबाउ, मालागा, लगायतका बिभिन्न शहरहरुमा मोटरसाइकल, कार तथा बसमा रहेका सयौं व्यक्तिहरुले बर्तमान प्रधानमन्त्रि पेड्रो सान्चेज र उनको सरकारप्रति नारावाजी तथा बिरोध प्रदर्शन गरेका थिए। आज स्पेनमा गरिएको बिरोध प्रदर्शनको नेतृत्व तथा आयोजना स्पेनमा रहेको राजनीतिक पार्टी vox ले गरेको थियो।
बिभिन्न संचार माध्यममा प्रकाशित बिरोध प्रदर्शनका तस्बिरहरु हेर्नुहोस्।





