
बार्सिलोना, स्पेन- कोरोनाको माहामारीले निम्ताएको आर्थिक संकटले विभिन्न कम्पनि उधोग कल कारखानाहरु बन्द हुन लागेका छन् भने केहि Bankrupt भएका छन्। यसै बीच स्पेनको बार्सिलोनामा रहेको जापानी कार उधोग निसानले यसै बर्षको डिसेम्बरबाट बन्द हुने घोषणा गरेको छ।
उधोग बन्द हुने भए पछि ३ हजार कामदारहरुले रोजगारी गुमाउने भएका छन् र त्यसकै बिरोधमा स्पेनको बार्सिलोनामा रहेको निसानको उधोग नजिक टायर बालेर बिरोध प्रदर्शन गरेका छन्।
निसान मोटरका अध्यक्ष मकोटो उचिदाले गत मार्चमा बन्द भएको आर्थिक वर्षको नतीजाको आधारमा बार्सिलोनामा रहेको आफ्नो उधोग बन्द गर्न आफुँहरु बाध्य भएको बताएको कुरा संचार माध्यमले जनाएका छन्।
बन्द भएको संक्षिप्त उल्लेख बार्सिलोनाका मेयरले निसानलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको कुरा स्पेन स्थित बिभिन्न संचार माध्यमले जनाएका छन्।