जुलाई १ देखि स्पेन भित्रिने यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने।

स्पेन सरकारले आगामी जुलाई १ देखि स्पेन भित्रिने यात्रीले १४ दिनको क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ। सरकारले यस अगाडी गत १५ मे देखि स्पेन भित्रिने सबैलाई १४ दिन सम्म क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम बनाएको थियो।

सोमबार अन्तर-मन्त्रि स्तरीय बैठकद्वारा निर्णय गरिएको जनाउँदै विदेश मन्त्रि अर्नाचा गोन्जालेजले Twitter मार्फत सबै भन्दा गार्हो समय टरिसकेकाले अब बिस्तारै अन्तराष्ट्रिय पर्यटनलाई पुन: सक्रिय बनाउन यस्तो निर्णय गरिएको बताउँदै पर्यटकका लागि आवश्यक स्वास्थ्य सुरक्षाका लागि सर्म्पूर्ण तवरले सुनिश्चित गरेको समेत उल्लेख गरेकी छन्।

Cheap and Reliable Courier Service in Europe

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top