जुन ८ देखि आधा स्पेन तेश्रो चरणमा प्रवेश गर्दै म्याड्रिड र बार्सिलोना भने दोश्रोमा

-स्पेन सरकारले बिभिन्न ४ चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना अनुरुप जुन ८ सोमबार देखि स्पेनको आधाभन्दा बढी भूभागमा तेश्रो चरणमा प्रवेश गर्ने भएको छ भने बार्सिलोना र म्याड्रिड क्षेत्र दोश्रो चरणमा प्रवेश गर्नेछन। त्यसैगरि पहिले नै दोश्रो स्थानमा रहेको भ्यालेन्सिया राज्य भने अझै केहि दिन दोश्रो चरणमै रहने निर्णय गरेको छ ।

प्रथम चरण (Phase-1) बाट दोश्रो चरण (Phase-2) मा प्रवेश गर्ने क्षेत्रहरु

  • Castilla y León
  • Cataluña: Región sanitaria de Barcelona con las regiones sanitarias Metropolitana
  • Norte y Metropolitana Sur y Región sanitaria de Lleida.
  • Comunidad de Madrid

दोश्रो चरण (Phase-2) बाट तेश्रो चरण (Phase-3) मा प्रवेश गर्ने क्षेत्रहरु

  • Andalucía
  • Aragón
  • Asturias
  • Islas Baleares*
  • Canarias*
  • Cantabria
  • Castilla-La Mancha: Guadalajara y Cuenca.
  • Cataluña: Regiones sanitarias de Alt Pirineu i Aran, Terres de l’Ebre y Camp de
  • Tarragona.
  • Extremadura
  • Galicia
  • La Rioja
  • Navarra
  • Melilla
  • Murcia
  • País Vasco

दोश्रो चरणमा के के गर्न पाइन्छ ?

  • ७० बर्ष भन्दा कम उमेरका व्यक्तिहरु बिहान १० देखि मध्यान्ह १२ तथा साँझ ७ देखि ८ बजे बाहेकको समयमा बाहिर हिडडुल तथा खेलकुद गर्न पाईन्छ ।
  • १५ जना सम्मको समुह आवश्यक सामाजिक दुरी तथा मास्कको प्रयोग गरि घर भित्र तथा बाहिर भेटघाट तथा जमघट गर्न सक्नेछन। त्यस्तै अन्य प्राकृतिक, पर्यटन गतिबिधिका लागि २० जना सम्म जम्मा हुन् पाउने जनाइएको छ भने व्यापारिक बैठक सभा सम्मेलन लगायतका कार्यका लागि २ मिटरको सामाजिक दुरी कायम गरि ५० जनासम्म सहभागी हुन् पाउने जनाईएको छ ।
  • एउटै province भित्र अथवा आफ्नो दोश्रो घर रहेको ठाउँमा आवश्यकता अनुसार आवत जावत गर्न सक्नेछन। भने स्पेनको पाइस भास्को क्षेत्रमा भने अर्को provice बाट समेत आवत जावत गर्ने अनुमति दिएको छ।
  • स्टोर तथा ब्याबसायहरु ४० प्रतिशत क्षमतामा सहित खोल्न पाउनेछन् भने ६५ बर्ष बढी उमेर समुहका ग्राहकलाई भने बिशेष समयको ब्यबस्था गर्नु पर्ने।
  • खुला आकाशमुनी संचालित ब्यावसायहरु एक तिहाइ क्षमतामा संचालन गर्न मिल्ने।
  • सपिङ्ग मलहरु पनि ३० प्रतिशतको क्षमता भित्र संचालन गर्न पाउने तथा सपिङ्ग मल भित्रका प्रत्येक पसलहरुले ४० प्रतिसत क्षमताको सेवा संचालन गर्न पाउने।
  • बार तथा रेस्टुरेन्टहरु भित्र तथा बाहिर संचालन गर्न पाउने भित्र टेवल सर्भिस गर्न पाउने त्यसका लागि क्षेत्र अनुसार ४०-५० प्रतिशत क्षमता कायम गर्नु पर्ने र सकेसम्म पहिला नै टेबल बुकिङ्ग गर्न गराउन सुझाव दिएको छ । साथै बार तथा रेस्टुरेन्टमा ग्राहकहरु बीच २ मिटरको दुरी सुनिस्चित गर्नु पर्नेछ भने ग्राहकहरुका लागि टेवलमा पहिला जस्तो Menu cards, Napkin, Oil, Salt and paper, toothpick लगायतका सामाग्रीहरु प्रयोग गर्न पाउने छैनन्।
  • बारमा Self-service को अनुमति छैन।
  • Nightclubs र रात्रीकालिन बार संचालनका लागि अनुमति दिएको छैन।
  • होटलहरुका सार्वजिनक क्षेत्रहरु एक तिहाइ क्षमता कायम गरि खोल्न मिल्ने।
  • स्विमिंग पुलहरू indoor तथा outdoor दुवै ३० प्रतिसत क्षमता कायम गरि खुल्ने भएका छन् । त्यसका साथै समुन्द्री तटमा पनि नुहाउने तथा पौडी खेल्न मिल्ने छ तर स्वाथ्य मन्त्रालयले निर्दिष्ट गरेका स्वास्थ्य तथा सरसफाई सम्बन्धि नियमहरुको पालना गर्नु पर्ने छ।
  • केहि क्षेत्रहरुमा ६ बर्ष मुनिका बालबालिकाहरुका लागि मात्र स्कुल खुल्ने भएका छन् भने धेरै जस्तो राज्यहरुका शिक्षा निर्देशकहरुले भने स्वास्थ्य सुरक्षाको अनुभुति गराउन नसकिने भनि पहिला नै प्रधान मन्त्रीको प्रस्ताव नै अश्विकार गरिदिएका थिए ।
  • सिनेमा तथा थियटरहरु एक तिहाइ क्षमता कायम गरि संचालन गर्न मिल्ने।
  • खुला आकासमुनीका कन्सर्ट लगायतका सार्वजनिक कार्यक्रमहरु सामाजिक दुरी कायम गरि ठाउँको क्षमता हेरेर ४०० जना सम्म सहभागी हुन् सक्ने।
  • पुजा तथा प्रार्थना गर्ने धार्मिक स्थलहरुको क्षमता ५० प्रतिशत।

तेश्रो चरणमा के के गर्न पाइन्छ ?

  • हिडडुल गर्न तथा खेलकुद गर्नका घर बाहिर जान कुनै समयको बन्देज लगाइएको छैन ।
  • मास्कको प्रयोगमा लगाएको अनिवार्यतालाई निरन्तरता दिएको छ।
  • भेटघाट तथा जमघटका लागि २० जना सम्मको समुह आवश्यक सामाजिक दुरी तथा मास्कको प्रयोग गरि घर भित्र तथा बाहिर भेटघाट तथा जमघट गर्न सक्नेछन। त्यस्तै अन्य प्राकृतिक, पर्यटन गतिबिधिका लागि ३० जना सम्म जम्मा हुन् पाउने जनाइएको छ भने व्यापारिक बैठक सभा सम्मेलन लगायतका कार्यका लागी ८० जनासम्म सहभागी हुन् पाउने जनाईएको छ । त्यसै गरि बैबाहिक जमघटका लागि बाहिर 150 जना सम्म र भित्र ७५ जना सम्म जम्मा हुन् पाउनेछन्।
  • एउटै comunidad भित्र रहेका अन्य province हरुमा समेत आवत जावत गर्न पाइनेछ । र यातयातका लागि सवारी साधनहरु १०० प्रतिशत खुल्ने छन्।
  • स्टोर तथा ब्याबसायहरु ५० प्रतिशत क्षमतामा सहित खोल्न पाउनेछन्।
  • खुला आकाशमुनी संचालित ब्यावसायहरु ७५ प्रतिशत क्षमतामा संचालन गर्न मिल्ने।
  • सपिङ्ग मलहरु पनि ५० प्रतिशतको क्षमता भित्र संचालन गर्न पाउने भएका छन्।
  • बार तथा रेस्टुरेन्टहरु भित्र ५० प्रतिशत तथा बाहिर खुला टेरेसमा ७५ प्रतिशत क्षमता भित्र संचालन गर्न पाउनेछन्। बारसेवा लिन पाइने तर २ मिटरको सुरक्षित दुरी कायम गर्नु पर्ने।
  • Nightclubs र रात्रीकालिन बार संचालनका लागि एक तिहाइ क्षमता भित्र संचालन अनुमति दिएको छ तर नृत्य गर्न भने अनुमति दिएको छैन।
  • होटलहरुका सार्वजिनक क्षेत्रहरु ५० प्रतिशत क्षमता कायम गरि संचालन गर्न मिल्ने।
  • Gym सेन्टरहरु एक तिहाइ क्षमतामा खुल्न पाउने छन् भने Changing room को प्रयोग गर्न पाइने छैन।
  • स्विमिंग पुलहरू indoor तथा outdoor दुवै ३० प्रतिशत क्षमता कायम गरि खुल्ने भएका छन् । त्यसका साथै समुन्द्री तटमा पनि नुहाउने तथा पौडी खेल्न मिल्ने छ तर स्वाथ्य मन्त्रालयले निर्दिष्ट गरेका स्वास्थ्य तथा सरसफाई सम्बन्धि नियमहरुको पालना गर्नु पर्ने छ।
  • सिनेमा तथा थियटरहरु ५० प्रतिशत क्षमता कायम गरि संचालन गर्न पाउने।
  • खुला आकासमुनीका कन्सर्ट लगायतका सार्वजनिक कार्यक्रमहरु सामाजिक दुरी कायम गरि ठाउँको क्षमता हेरेर ८०० जना सम्म सहभागी हुन् सक्ने।
  • पुजा तथा प्रार्थना गर्ने धार्मिक स्थलहरुको क्षमता ७५ प्रतिशत।

श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top