जनताको अधिकारको हनन भयो भन्दै नाजी समर्थकद्वारा जर्मनीमा बिरोध प्रदर्शन

जर्मनीमा कोभिड-१९ ले ल्याएको संकटद्वारा लगाईएको लकडाउनलाई केहि खुकुलो बनाइएको अवस्थामा आफ्नो हक अधिकार हनन् गरेको भनि सरकारको बिरोध गर्दै सडकमा उत्रिएको बारे जर्मनको Frankfurt निवासी मित्र तिर्थ ओलीले फेसबुकमा लेख्दै नेपाली समुदायलाई यस्तो हर्कत कदावी गर्न नहुने सुझाव दिनुहुन्छ। वहाँका अनुसार जर्मनीमा बिरोधी समुहले लगाएका आरोप यस्ता छन्।

Wut unterm Aluhut: Die Corona-Verschwörung (1/5)

Sie wittern die große Verschwörung hinter der Covid-19-Pandemie: wütende Bürger hetzen auf Demonstrationen gegen die Corona-Maßnahmen. Dahinter vermuten sie einen US-Milliardär, außerirdische Echsen oder gezielte Panikmache der Regierung. (1/5)

Posted by DER SPIEGEL on Wednesday, May 13, 2020

१) कोभिड-१९ का कारण लगाइएको लकडाउनले जनताको अधिकारको भएको ।
२) कोभिड-१९ को औषधी र खोपको बिरूद्धमा, नयाँ खोपको डर-त्रास अनि सरकारले जनताको स्वास्थ्यमा ब्यापार गर्न खोजेको आरोप।
३) इटालीमा कोभिड-19 को कारणले ३० हजारको ज्यान गयो अनि जर्मनीमा मात्र ८ हजार भन्दा कम किन ?
४) सरकारले जनतालाई गुमराहमा राखेर यिनीहरु जनताको अधिकारका लागी लडेको रे।
यथार्थ:
१) पुरै विश्व लकडाउनमा छ, अमेरिका लगायतका विभिन्न राष्ट्रहरुमा जहाँ लकडाउनको पालना गरिएन कारण जे भए पनि आज ति राष्ट्रहरूको मृत्युदर 6-14% छ। कोरोना नियन्त्रण र नयाँ जिवनशैली व्यवस्थापन गर्न जरुरी रहन्छ ।
२) जनता त्रासित छन्, र त्यही डर, अनिश्चितताको फाइदा लिंदै ति केही प्रतीसत जनताको (3-5%)जर्मनीको अवस्थामा, अवसरको फाइदा उठाउँदै केही समुह र विशेष गरि (AFD)जुन जर्मनीमा (Nazi) हिटलर समर्थन भएको पार्टी हो अनि समपूर्ण व्यवस्था र सरकार विरोधी समुह र केही सचेतना नभएका आम जनता जसलाई आफनो अस्तित्वको नै डर छ र यि सबै मिलेर सरकार र उसले अपनाइएको रणनीतिको विषयमा अफवाह फैलाउने र नाराबाजी गरेका छन् ।
३) यसरी कोभिड-19को विरुद्धको लडाइमा जारी गरिएको समपूर्ण सुरक्षा नितिको अवज्ञा गर्दै केही समुहले गरेको यो कार्य 90-95% जनता जसले अहिले सम्म संयमित रहेर सरकारलाई सहयोग गर्दै कोभिड-19 को नियन्त्रणमा ठूलो भुमिका खेलेका छन् धेरै गम्भीरतापूर्वक लिएका छन् । जर्मन सरकारको राम्रो व्यवस्थापनका कारणले यहाँ 1,75000 संक्रमित हुँदा 1,50,300 सन्चो हुदैं जम्मा 15,937 चालु संक्रमित छन् र मात्र 7861 को ज्यान गएको छ ।
४) तर केही अबुझ, षड्यन्त्र भएको विश्वास गर्ने, डर र त्रासको खेती गर्ने समूहहरुको कुकृतिले फेरि जर्मनीमा कोरोना संक्रमण बढ्न सक्ने अवस्था छ। जर्मन सरकारले यस्ता समुहलाई निर्मुल गर्दै जनतालाई सजक रहन आग्रह गरेको छ। यहाँका (97-98%) जनता भने सरकारलाई सहयोग गर्दै यस्ता गतिविधि गर्ने समूह र व्यक्ति संग समाजिक दुरी कायम गरी सचेत रहेका छन् ।हामीले लिने पाठ र शिक्षा अफवाह, अन्धविश्वास,षड्यन्त्रकारी र भ्रमका पछाडी नलागेर एक सचेत, सिर्जनशील, आत्मनिर्भर, निडर, सहयोगी र संयम नागरिकको पहिचान दिउँ।
(तिर्थ वलीको फेसबुकबाट)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top