कोरोनाको संक्रमण तीव्र भएपछि स्पेनको क्याटालोनियाका केहि क्षेत्र पुन नियन्त्रणमा

५ जुलाई, कोरोना संक्रमण तिव्र गतिमा बढे संगै स्पेनको क्याटालोनिया क्षेत्रमा पर्ने Segrià र त्यस भित्र रहेको Lleida शहरलाई पुन: नियन्त्रणमा लीइएको छ।

बार्सिलोना शहरको पश्चिमी भागमा पर्ने यस क्षेत्रमा २ लाख १० हजार जनसंख्या रहेको छ। शनिवार स्थानीय सरकारले यस क्षेत्रका बासिन्दालाई शनिवार देखि लागु हुने गरि उक्त क्षेत्र बाट बाहिर जान नपाउने र बाहिर बाट कोहि पनि यस क्षेत्रमा प्रवेश गर्न नपाउने उर्दी जारि गरेको छ।

Lleida शहर बिशेष गरि कृषि क्षेत्रको रुपमा परिचित छ र अहिले बढेको संक्रमण बिशेष गरि ४ वटा फलफुल कम्पनि, बृद्व बृद्वाहरुको आवास गृह र आवास बिहिनहरु बसोबास गर्ने होस्टेलहरुमा बढी संक्रमण भेटिएको समाचारमा जनाईएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top