कोभिड-१९ का लागि स्पेनको भ्यालेन्सिया राज्यले जारी गरेको नयाँ सूचना।

स्पेनको भ्यालेन्सिया राज्य अन्तर्गत २५ अक्टोबर देखि ९ डिसेम्बर सम्म लागु हुने गरि covid-19 को पछिल्लो सुचना यस्तो रहेको छ। 

  • राती १२ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लागु हुनेछ यस बिचमा बिना महत्वपूर्ण कारण बाहिर निस्कन पाइने छैन। 
  • पार्क तथा गार्डेनहरु बिहान ८ बजे देखि बेलुका १० बजे सम्म मात्र उपभोग गर्न पाइनेछ। 
  • बार तथा रेस्टुरेन्टहरुमा बिहान ८ बजे देखि बेलुका ११ बजे सम्म अन्तिम अर्डर लिने र रातिको १२ बजे बन्द गरिसक्नुपर्नेछ। 
  • भित्र तथा बाहिर कुनै पनि ठाउँमा ६ जना भन्दा बढीको संख्यामा जमघट गर्न पाइने छैन। 
  • खाने पिउने लगायतका कार्य गर्दा बाहेक मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
  • जस्तोसुकै लाइसेन्स भए पनि बेलुका १० बजे देखि बिहान ८ बजे सम्म मदिरा बिक्रि गर्न पाइने छैन। साथै सार्बजनिक ठाउँमा कुनै पनि समय मदिरा पिउन पाइने छैन। 

श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top