अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले आयोजना गरेको “इनास ग्लोवल बिश्वब्यापी नृत्य तथा गायन प्रतियोगिताको Audition Round सकिएर Qatar-final Round मा प्रवेश गरेका प्रतियोगीहरुको भिडियो पोस्ट गर्ने काम जुलाई ८ बाट समाप्त भएको छ।
अडिसन राउण्डमा विश्वभरीबाट नृत्य तथा गायन विधामा असंख्य भिडियोहरु प्राप्त भएकोमा क्वाटरफाईनलका लागि ७० जना प्रतियोगीहरु सहभागी भएका थिए भने गायन तर्फ १२१ जना प्रतियोगिहरुले आफ्नो प्रस्तुति दिएका थिए । जुनको १९ तारिख बाट Qatar-final Round का लागि इनास ग्लोवलले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रत्येक दिन प्रतियोगीहरुका भिडियो पोस्ट गर्दै आइरहेको थियो।
इनास ग्लोबलले आफ्नो फेसबुकमा पोस्ट गरेको भिडियोलाई पोस्ट गरेको समय देखि ७ दिन सम्म राखेर पोस्ट गरेकै समयमा भिडियोमा आउने Like संख्याको screenshot लिएर राखेको इनासले जनाएको छ। यसरी फेसबुकमा पोस्ट गरिएका भिडियोमा आउने like संख्याको गणना गर्ने र screenshot लिने अबधि नृत्य तर्फ १४ जुलाई र गायन तर्फ १५ जुलाईमा सकिएको छ।
त्यसैगरी नृत्यविधा तर्फ ७० जना प्रतियोगी क्वाटरफाइनलमा प्रवेश गरेको भएपनि एकजना प्रतियोगीको भिडियो पोस्ट गरेको २ दिनपछि भिडियो boost गरिएको र अज्ञात किसिमका Likes र comments हरु आएकाले उक्त भिडियोको जाँचगरि प्रतियोगिताबाट हटाइएको नृत्य विधाका संयोजक सन्तकुमार थापा मगरले जनाएका छन्।
इनासले पुर्व सूचना गरे अनुरुप भिडियोमा प्राप्त प्रति Like एक अंक मानेर हुन् आउने अंकलाई पचास प्रतिशतमा परिणत गर्ने र सम्बन्धित विधामा तोकिएका निर्णयाकज्यूहरुबाट प्राप्त अंकलाई पचास प्रतिशतमा परिणत गरि हुन् आउने कुल अंक मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने प्रतियोगिहरु विश्वभरीबाट नृत्यतर्फ पचास र गायन तर्फ पचास जना प्रतियोगीहरु यस क्वाटरफाइनल चरण पार गरि ग्लोवल चरण अन्तर्गत हुने सेमीफाइनल चरणमा प्रवेश गर्न सफल हुने भएका छन।
यस क्वाटरफाईनल चरणको नतिजा १० जुलाईका मिति देखि १५ दिनभित्र प्रकाशित गरिने इनासले जनाएको छ।
नृत्यविधा तर्फ सर्वाधिक Like प्राप्त गर्ने १० प्रतियोगीहरु यस प्रकार रहेका छन्।
1. Contestant: Dipti Adhikari
Contestant No. D104 | Country: USA
Total Likes: 1110
2. Contestant: Purna Lama
Contestant No. D212 | Country: Nepal
Total Likes: 1093
3. Contestant: Rabina Bhattarai
Contestant No: D302 | Country: Austria
Total Likes: 958
4. Contestant : Nittisha Chaudhary
Contestant No: D147| Country: USA
Total Likes: 901
5. Contestant: Kabita Thapa Magar
Contestant No: D244 | Country: Nepal
Total Likes: 750
6. Contestant: Dil Bahadur Sunar
Contestant No: D240 | Country: Nepal
Total Likes: 637
7. Contestant: Laxmi Shahi Thakuri
Contestant No: D316 | Country: 630
Total Likes: 630
8. Contestant: Riya Shrestha
Contestant No: D102 | Country: USA
Total Likes: 613
9. Contestant: Radhika Bhandari
Contestant No: D262 | Country: 262
Total Likes: 595
10. Contestant: Supriya Sharma
Contestant No: D186 | Country: D186
Total Likes: 561
श्रोत : इनास ग्लोवलको आधिकारिक फेसबुक पेज