
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले आयोजना गरेको “इनास ग्लोवल बिश्वब्यापी नृत्य तथा गायन प्रतियोगिताको quarter–final round मा गायन विधा तर्फ १२१ जना प्रतियोगी र नृत्य विधा तर्फ ६९ जना प्रतियोगी आफ्नो प्रस्तुति दिएका थिए त्यस मध्य बाट सेमिफाइनलमा दुवै विधाबाट ५० – ५० जना प्रतियोगीहरु सेमिफाइनल राउण्डका लागि छानिएका छन्।
इनास ग्लोवलका अनुसार हरेक विधामा तोकिएका निर्याणकज्यूहरुबाट प्राप्त कूल अंकलाई पचास प्रतिशत र तोकिएको समयावधि भित्र फेसबुकमा राखिएको भिडियोमा प्राप्त Likes लाई पचास प्रतिशतमा परिणत गरि दुवै जोड्दा हुन आउने कूल अङ्कका आधारमा छनौट गरिएको छ।
यस क्वाटरफ़ाइनल चरण (महादेशीय चरण) बाट विभिन्न महादेशबाट नृत्य र गायन दुवै विधाका दश-दश प्रतियोगीहरु गरि कूल ५० प्रतियोगीहरु सेमीफ़ाइनल (ग्लोबल चरण) मा छनौट गर्ने संस्थाको निर्णय बमोजिम छनौट प्रकृया अवलम्बन गरिएको भए पनि केहि महादेशबाट कम प्रतियोगीहरु सहभागी रहेको हुँदा प्राप्त कूल प्रतिशतको उच्चतम प्रतिशत प्राप्त गर्ने प्रतियोगीलाई समावेश गरि दुवै विधामा कूल पचास -पचास प्रतियोगीहरु सेमीफाइनल चरणमा छनौट गरिएको इनासले जनाएको छ।
सेमीफाइनल चरणका लागि छानिएका प्रतियोगीहरुले आगामी चरणका लागि अपनाउनु पर्ने नियमहरु यसप्रकार रहेका छन्।
- छनौट भएका प्रतियोगीहरुले १ अगष्ट, २०२० भित्र सेमीफ़ाइनल चरणको लागि नृत्य वा गायनको नयाँ भिडियो iartistsociety@gmail.com मा पठाइसक्नुपर्नेछ।
- भिडियो एक सटमा खिचिएको र सम्पादन नगरिएको हुनुपर्नेछ।
- गायन विधाका प्रतियोगीहरूले अनिवार्य रुपमा इन्स्ट्रुमेन्ट बजाएर अथवा ट्रयाकमा गीत गाउनुपर्ने छ र गीत गाउदा माइक्रोफोन प्रयोग गरिएको हुनुहुने छैन।
- भिडियोको समायवाधि अन्य नियमहरु पूर्व प्रकाशित भएअनुसार नै हुनेछन।
Semifinal Round मा प्रवेश गर्न सफल गायन विधाका प्रतियोगीहरु यस प्रकार छन्





Semifinal Round मा प्रवेश गर्न सफल नृत्य विधाका प्रतियोगीहरु यस प्रकार छन्





श्रोत : इनास ग्लोवलको आधिकारिक फेसबुक पेज