इनासको अनलाइन गायन तथा नृत्य प्रतियोगिताको प्रथम चरण शुरु

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले आयोजना गरेको “INAS Global Online Singing and Dancing Star 2020” प्रतियोगिताको प्रथम चरण शुरु भैसकेको छ। यसै बमोजिम आज देखि नेपाली समय ५ बजे इनासको आधिकारिक फेसबुक पेज InasGlobal मार्फत प्रत्येक दिन ५ वटा नृत्य र ५ वटा गायन विधाका भिडियोहरु क्रमस: पोस्ट हुनेछन र यसरी पोस्ट भएका भिडियोहरु पोस्ट भएको मिति र समय देखि ७ दिन सम्म राखिने छ र ७ दिन सम्मको फेसबुक like संख्या गणना गरिने छ। 

स्मरण रहोस् प्रतियोगीको भिडियो फेसबुकमा पोस्ट गरे पछि प्राप्तहुने लाइक संख्या र दक्ष तथा अनुभवी निर्णायक मण्डलद्वारा दिएको नम्बर जोड गर्दा हुन आउने कुल अंकमध्य सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रतियोगीलाई बिजेता घोषणा गरिने इनास ग्लोवले आफ्नो सार्वजनिक नियममा जनाएको छ भने प्रतियोगितामा कुनै विवाद आएमा आयोजकको निर्णयनै अन्तिम निर्णय हुने समेत बताइएको छ।

बिजेता तथा उपविजेताले  प्राप्त गर्ने पुरष्कारहरु

प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक सदभावना दूत नियुक्त गरिनुका साथै (INAS Global Online Singing or Dancing Star 2020) को उपाधि सहित नेपाली रुपैया नगद ५१,००० तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।  

त्यसैगरी दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई  (INAS Global Online Singing or  Dancing Star 2020, 1st runner up) र 2nd runner up) को उपाधि सहित क्रमश: नेपाली रुपैया  नगद  २५,०००  र   १५,०००  तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ भने चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्न पहल गर्नेछ। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top