नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) बिश्व चर्चित रियालिटी शो “अमेरिकन आईडल”को उपविजेता बनेका छन्। आइतवार भएको फाईनलमा पहिला उनि टप ५ मा चुनिए पछि फाइनल छनौटको प्रक्रिया संगै उनले २ वटा प्रस्तुति दिएका थिए र त्यसपछि भोट गर्न लगाइएको थियो।
दुइ वटा प्रस्तुतिनै अब्बल दिएका दिवेशलाई निर्णायक मध्यका एक लुक ब्रायनले तिमि जस्तै अरु प्रतिभा काठमाण्डौमा छन् भने अर्को बर्षको अमेरिकन आइडलमा पठाईदेउ भन्ने सम्मको प्रतिक्रिया दिएका थिए। टप ५ बाट भोटिंगका आधारमा टप २ मा पुगेका उनि नेपाली मात्र नभई अमेरिकन माझपनि रोजाइमा पर्दै अमेरिकन आइडलका बलिया दावेदार बनेका थिए।
अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बन्दै इतिहास रचेका दिवेशलाई पर्याप्त भोट नआउँदा अन्तंत उनलाई अफ्रिकी मुलुक लाइबेरियन मूलकी २१ बर्षिय गायिका जस्ट सामले पछि पारेकी छन् ।
दिवेशले फाइनलका लागि दिएका २ प्रस्तुति हेर्नुहोस।
टप २ को रिजल्ट घोषणा हेर्नुहोस्
फाईनलको घोषणा हेर्नुस्।