आज जुन 15 देखि स्पेनका ७० प्रतिशत भूभाग तेश्रो चरणमा प्रवेश गर्दै

-स्पेनको स्वास्थ्य मन्त्रालयले लकडाउनलाई खुकुलो बनाउने क्रममा 15 जुन सोमबार देखि दोश्रो बाट तेश्रो चरणमा प्रवेश गर्ने क्षेत्रहरुलाई छुट्टाएको छ। स्पेनका करिव ७० प्रतिशत भूभाग तेश्रो चरणमा प्रवेश गर्ने भएका छन् भने केहि भूभागहरु सामान्य अवस्थामा फर्कने भएका छन् ।

त्यसैगरि यस अगाडी जुलाई १ बाट बिदेशी यात्रुहरुलाई स्पेन आउन दिने भनिए पनि अब भने लकडाउन सकिने दिन जुन २१ देखि युरोपका पोर्चुगल बाहेक Schengen देशहरु बाट आउने यात्रुहरु स्पेन आउन पाउने भएका छन् भने पोर्चुगल तथा अन्य अन्तर्राष्ट्रिय यात्रीहरु भने जुलाई १ देखि मात्र स्पेन आउने भएका छन्।

दोश्रो चरण (Phase-2) बाट तेश्रो चरण (Phase-3) मा प्रवेश गर्ने क्षेत्रहरु

  • Castilla-La Mancha: Ciudad Real, Toledo y Albacete.
  • Castilla y León: León, Zamora, Palencia, Valladolid y Burgos.
  • Cataluña: Girona y Catalunya Central.
  • Comunitat Valenciana
  • Ceuta

श्रोत

तेश्रो चरणमा के के गर्न पाइन्छ ?

  • हिडडुल गर्न तथा खेलकुद गर्नका घर बाहिर जान कुनै समयको बन्देज लगाइएको छैन ।
  • मास्कको प्रयोगमा लगाएको अनिवार्यतालाई निरन्तरता दिएको छ। यदि १.५ मिटरको सामाजिक दुरी कायम नहुने ठाउँ छ र मास्कको प्रयोग गरेको छैन भने १०० युरो सम्मको जरिवाना गर्ने समेत बताईएको छ।
  • भेटघाट तथा जमघटका लागि २० जना सम्मको समुह आवश्यक सामाजिक दुरी तथा मास्कको प्रयोग गरि घर भित्र तथा बाहिर भेटघाट तथा जमघट गर्न सक्नेछन। त्यस्तै अन्य प्राकृतिक, पर्यटन गतिबिधिका लागि ३० जना सम्म जम्मा हुन् पाउने जनाइएको छ भने व्यापारिक बैठक सभा सम्मेलन लगायतका कार्यका लागी ८० जनासम्म सहभागी हुन् पाउने जनाईएको छ । त्यसै गरि बैबाहिक जमघटका लागि बाहिर 150 जना सम्म र भित्र ७५ जना सम्म जम्मा हुन् पाउनेछन्।
  • एउटै comunidad भित्र रहेका अन्य province हरुमा समेत आवत जावत गर्न पाइनेछ । र यातयातका लागि सवारी साधनहरु १०० प्रतिशत खुल्ने छन्।
  • स्टोर तथा ब्याबसायहरु ५० प्रतिशत क्षमतामा सहित खोल्न पाउनेछन्।
  • खुला आकाशमुनी संचालित ब्यावसायहरु ७५ प्रतिशत क्षमतामा संचालन गर्न मिल्ने।
  • सपिङ्ग मलहरु पनि ५० प्रतिशतको क्षमता भित्र संचालन गर्न पाउने भएका छन्।
  • बार तथा रेस्टुरेन्टहरु भित्र ५० प्रतिशत तथा बाहिर खुला टेरेसमा ७५ प्रतिशत क्षमता भित्र संचालन गर्न पाउनेछन्। बारसेवा लिन पाइने तर २ मिटरको सुरक्षित दुरी कायम गर्नु पर्ने। त्यस्तै कुनै क्षेत्रमा भने टेरेसहरुमा १०० प्रतिशतको क्षमता कायम गर्ने अनुमति समेत दिएको छ।
  • Nightclubs र रात्रीकालिन बार संचालनका लागि एक तिहाइ क्षमता भित्र संचालन अनुमति दिएको छ तर नृत्य गर्न भने अनुमति दिएको छैन।
  • होटलहरुका सार्वजिनक क्षेत्रहरु ५० प्रतिशत क्षमता कायम गरि संचालन गर्न मिल्ने।
  • Gym सेन्टरहरु एक तिहाइ क्षमतामा खुल्न पाउने छन् भने Changing room को प्रयोग गर्न पाइने छैन।
  • स्विमिंग पुलहरू indoor तथा outdoor दुवै ३० प्रतिशत क्षमता कायम गरि खुल्ने भएका छन् । त्यसका साथै समुन्द्री तटमा पनि नुहाउने तथा पौडी खेल्न मिल्ने छ तर स्वाथ्य मन्त्रालयले निर्दिष्ट गरेका स्वास्थ्य तथा सरसफाई सम्बन्धि नियमहरुको पालना गर्नु पर्ने छ।
  • सिनेमा तथा थियटरहरु ५० प्रतिशत क्षमता कायम गरि संचालन गर्न पाउने।
  • खुला आकासमुनीका कन्सर्ट लगायतका सार्वजनिक कार्यक्रमहरु सामाजिक दुरी कायम गरि ठाउँको क्षमता हेरेर ८०० जना सम्म सहभागी हुन् सक्ने।
  • पुजा तथा प्रार्थना गर्ने धार्मिक स्थलहरुको क्षमता ७५ प्रतिशत।

(माथि उल्लेखित जानकारीहरु सबै क्षेत्रमा एकैनास नहुन सक्छ कतिपय ठाउँहरुमा क्षमताको दायरा बढाइएको छ त्यसैले आफ्नो क्षेत्रमा जे नियम छ त्यही फलो गर्नुहोला)

श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top