अमेरिकन आइडलको शिर्ष ७ मा दिवेश

अमेरिका- नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं संस्करणको अमेरिकन आइडलको ७ औं स्थानमा प्रवेश गरेका छन्। टप ७ मा पुगेपछि उनले दिएको प्रस्तुति पनि तारिफ योग्य रहेको थियो। उनि अव फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी रहेको छ। आजको प्रस्तुति पनि सबै प्रतियोगी हरुले आ-आफ्नो घरबाट दिएका थिए। अमेरिकामा ‘मदर्सडे’ भएका कारण आजको प्रस्तुतिमा दिवेशले आमालाई अगाडी राखेर समेत बिशेष प्रस्तुति दिएका थिए। भने टप ५ को प्रतिष्पर्धाको लागि भने उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत प्रस्तुत गरेका थिए। आजको प्रस्तुति पछि हुने भोटिंङ्गको आधारमा टप ७ जना बाट टप ५ फाइनलमा पुग्ने छन् अमेरिकाबासीका लागि SMS मार्फत भोट गर्नका लागि दिवेशको भोटिङ्ग कोड Arthur Gunn: text “16” to 21523 रहेको छ।
दिवेशले मदर्स डेको अवसरमा आमाको सम्मानमा प्रस्तुत गरेको गीत।

दिवेशले टप ५ को लागि हुने भोटिङ्गका लागि दिएको प्रस्तुति

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top